यामराज बिष्ट /दैलेख
दैलेखमा निषेधाज्ञा जारी भएको आज दोस्रो दिन। दैलेख जिल्लामा मंगलबार राति १२बजे देखि निषेधाज्ञा जारी भएको थियो ।काेराना संक्रमण दर झन बढ्न थालेपछि निषेधाज्ञाको गरिएको हाे ।
जिल्लाभर दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, फलफूल, तरकारी, ग्यासका पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालना हुने गरी बिहान ६ बजेदेखि साढे ८ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भए अनुसार मानिसको आवत–जावत निकै कम छ ।
काेराेना संक्रमणको दर बढ्दै गएकोले मंगलबार रातिदेखि बैशाख २८ गते राति १२बजे सम्मका लागि निषेधाज्ञा गरिएको हाे।अत्यावश्यक काम बाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिँडडुल गर्न नपाइने , मानिसको आवत–जावत र जमघट हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने” अत्यावश्यक काम बाहेक निषेधाज्ञा अवधिभर घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल गरे।निषेधाज्ञालाई थप प्रभावकारी बनाउन चेकचाँजलाई थप कडाइ गरिने दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले पश्चिम नेपाललाई बताए ।