☰ open Loading... 19 May 2024|  

नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण
  | २४ बैशाख २०७८, शुक्रबार १९:०४

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा यता कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् ।शुक्रबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ । जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् ।