☰ open Loading... 26 November 2024|  

कोरोनाबाट एकैघरका तीन दाजुभाइको मृत्यु
  | २४ बैशाख २०७८, शुक्रबार १९:१४

नेपालगन्ज- कोरोनाका कारण एउटै घरका तीन दाजुभाइको मृत्यु भएको छ। नेपालगन्ज–३ का वडाध्यक्ष मोहम्मद अयुव सिद्धिकीका अनुसार उक्त टोलका एकैघरका तीन दाजुभाइको तीन दिनको फरकमा मृत्यु भएको हो। सिद्धिकीका अनुसार घरका माईला छोरा ४२ वर्षीय जाहिर अहमद हल्वाईको बुधबार कोरोना संक्रमणबाट भेरी अस्पतालमा मृत्यु भएको थियो।

त्यस्तै ४८ वर्षीय अर्का छोरा ईजाज अहमद हल्वाईको मृत्यु भयो। त्यसपछि पनि घरमा मृत्यु हुनेको श्रृंखला रोकिएन। परिवारकै अर्का छोरा ५२ वर्षीय ईन्तियाज अहमद हल्वाईको पनि शुक्रबार मृत्यु भयो। भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहान ३ बजेतिर मृत्यु भएको थियो। भेरी अस्पतालमा यही वैशाख १६ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो।