☰ open Loading... 6 November 2025|  

दैलेखमा कोरोना कारण थप एकको मृत्यु
  | २७ बैशाख २०७८, सोमबार १८:२५

दैलेख -दैलेखमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ४८ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो । अघिल्लो वर्ष कोरोना संक्रमणका कारण ६ जनाको निधन भएको थियो । अघिल्लो वर्ष ६ जना र हालै ७ जनाको मृत्युभएसँगै दैलेखमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दैलेखमा हालसम्म एक हजार ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एक हजार पाँच सय ७१ जना निको भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ।हाल २८ जना दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् भने तीन सय ४१ जना संक्रमति होम आइसोलेसनमा छन् ।