☰ open Loading... 27 November 2024|  

बाँकेमा कोरोना कारण थप १० जनाको मृत्‍यु
  | ३० बैशाख २०७८, बिहीबार १२:०१

बाँकेमा कोरोना कारण १० जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको बुधबार ४ बजे दिउँसोदेखि बिहीबार बिहान ८ बजेसम्म मृत्यु भएको हो।जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, २र२ जना बर्दिया र दाङका छन् ।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर१ की ४३ वर्षीया महिलाको बुधबार दिउँसो ४स् ४५ बजे र बाँकेकै नेपालगन्ज उपमहानगर १२ की २९ वर्षीया महिलाको बिहीबार विहान ८ बजे भेरी अस्पताल ल्‍याइ पुर्‍याए लगत्तै मृत्‍यु भएको छ । एन्टीजेनबाट कोरोना पोजिटीभ देखाएका उनलाई सोही दिन नारी आइसोलेशन सेन्टरमा राखिएको थियो ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बाँकेकै बैजनाथ गाउँपालिका(६ का ६४ वर्षीय पुरूषको बिहीबार विहान ४स्३० बजे, बाँकेकै डुडुवा गाउपालिका३ की ५० वर्षीया महिलाको बिहीबार विहान १ बजे, बाँकेकै नरैनापुर गाउँपालिका(५ का ४२ वर्षीय पुरूषको बिहीबार विहान २स्४५ बजे र नेपालगञ्गज उपमहानगरपालिका(१२ बाँकेकी ७६ वर्षीया महिलाको बिहीबार विहान ३स्४५ बजे नै मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

यस्तै भेरी अस्पतालमा उपचाररत राजापुर(६ बर्दियाकी ५६ वर्षीया महिलाको बुधबार साँझ ७स् ४५ बजेको मृत्‍यु भएको छ। नेपालगञ्‍ज मेडिकल कलेजमा वैशाख १८ गते पीसीआर परीक्षण गर्दा कोरोना कोरोना पोजिटीभ देखाएपछि उनी वैशाख २९ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । यस्तै गुलरिया(ड बर्दियाकी ३२ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा बुधबार राति १०स् ३५ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत तुलसीपुर उपमहानगरपालिका -५, दाङकी ३५ वर्षीया महिलाको बिहीबार विहान ५स् ३० बजे र तुलसीपुर उपमहानगरपालिका-६, दाङकै ४३ वर्षीय पुरूषको बुधबार राति ८:४५ बजे मृत्‍यु भएको छ ।कोरोना संक्रमणबाट बाँके जिल्लामा मृत्यु हुनेको संख्या २१४ पुगेको छ ।