☰ open Loading... 21 June 2021|   सोमवार, असार ७, २०७८

नेकपा एमालेले गर्‍यो नेपालसहित ४ नेताको कारबाही फुकुवा
  |

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय गरेको हो ।

 

नेपालसहित चार नेतालाई प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी ओली समूहको बैठकले कारबाही गरेको थियो ।चार नेतामाथिको ६ महिनाको निलम्बन गरिएको थियो । स्थायी समिति बैठकले पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको छ ।



प्रकाशित मितिः बिहिबार, बैशाख ३०, २०७८     3:28:35 PM