☰ open Loading... 26 April 2024|  

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे ‘प्रचण्ड’, वार्ता सुरु
  | ३० बैशाख २०७८, बिहीबार १५:३८

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठपुगेका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिदैछ । त्यसैले नयाँ सरकार गठनबारे छलफल गर्न अध्यक्ष दाहाल सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन । सभापति देउवा र अध्यदाहालबीच वार्ता भइरहेको बताइएको छ ।