☰ open Loading... 6 November 2025|  

तेस्रो पटक ओलीले लिए प्रधानमन्त्रीको सपथ
  | ३१ बैशाख २०७८, शुक्रबार १५:४४

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

 

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् ।गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।