☰ open Loading... 27 November 2024|  

नेपालमा कोरोनाबाट एकैदिन २०३ जनाको मृत्यु
  | ३१ बैशाख २०७८, शुक्रबार १९:४३

काठमाडौं- कोरोना संक्रमण कारण देशभर थप २ सय ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टा यता २१ हजार ४ सय ७८ जनाको परीक्षण गर्दा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ। २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४ सय ६७ र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ।

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ पुगेको छ। जसमध्ये ९८ हजार ८ सय ६९ संक्रमित होम आइसोलेसनमा छन् भने ८ हजार ४ सय ६७ जना संस्थागत आइसोलेसनमा बसेका छन्।