☰ open Loading... 26 November 2024|  

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
  | ३ जेष्ठ २०७८, सोमबार २०:२२

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । सोमबार एकै दिन कर्णालीका विभिन्न जिल्ला अस्पतालमा १३ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

रुकुम पश्चिममा ४ जना, दैलेख र सुर्खेतमा ३र३ जना, सल्यानमा २ जना र जुम्लामा १ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा। रविन खड्काले जानकारी दिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।