☰ open Loading... 1 May 2024|  

कोरोना कारण सल्यान अस्पतालमा दुई जनाको मृत्यु
  | ३ जेष्ठ २०७८, सोमबार २०:२६

रुकुम पश्चिम – कोरोना भाइरसको संक्रमणबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका (१३ का ४५ वर्षीय पुरुष र बनगाड कुपिण्डे नगरपालिका (९ का ५९ वर्षीय पुरुषको कोभिड(१९ संक्रमण मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

 

सोमबार थप दुईजनाको मृत्यु भएसँगै सल्यानमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। संक्रमित दुबैजनाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल सल्यानले जानकारी दिएको छ।

 

जिल्लामा संक्रमणदर बढ्दै गएपछि जेठ २ गतेदेखि १६ गतेसम्म निषेधाज्ञा लगाइएको छ । हालसम्म सल्यानमा ६०७ जना कोरोना संक्रमित रहेका छन् ।