☰ open Loading... 26 November 2024|  

मन्त्रिपरिषद् बैठक : स्वास्थ्य संकटकालबारे छलफल
  | ४ जेष्ठ २०७८, मंगलवार ०५:३८

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि सारेको स्वास्थ्य संकटकाल प्रस्तावमाथि छलफल भएको छ ।

बैठकमा स्वास्थ्य संकटकाल, संक्रामक रोग ऐन, २०२० संशोधन, एकीकृत स्वास्थ्य प्रणाली, खोप र स्वास्थ्य सामग्री खरिद, एकद्वार प्रणालीबाट सूचना संकलन, प्रवाह र कार्यान्वयनमा केन्द्रित छलफल भएको बताइएको छ ।

साथै आजको बैठकले आपतकाल र संक्रामक रोग ऐन संशोधनका विषयमा स्वास्थ्य मन्त्रलय र कानून मन्त्रालयलाई थप गृहकार्य गर्न निर्देशन दिएको छ । यसका साथै, द्रूत रूपमा सेना परिचालनसम्बन्धी पनि छलफल भएको बताइएको छ ।