☰ open Loading... 26 November 2024|  

नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना संक्रमण फेला
  | ५ जेष्ठ २०७८, बुधबार ०५:५४

काठमाडौं । नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा कोरोनाका भेरियन्ट फेला परेको हो ।

 

भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा पनि फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ ।हाल पत्ता लागेका नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनले देखाएको छ ।

हाल नेपालमा कोरोना संक्रमित गम्भीर हुने दर र मृत्युदर बढ्नुको कारण पनि नयाँ भेरियन्टको संक्रमण भएको विज्ञले बताएका छन् ।