☰ open Loading... 19 May 2024|  

नयाँ शक्तिले तोक्यो कर्णाली प्रदेशमा संयोजक
  | ५ जेष्ठ २०७८, बुधबार ०६:००

 

काठमाडौं । नयाँ शक्ति पार्टीको भर्चुअल माध्यमद्वारा सम्पन्न केन्द्रीय समिति बैठकले कर्णाली प्रदेश र प्रदेश नम्बर १ मा संयोजक तोकेको छ।कर्णाली प्रदेश संयोजकमा वि सं। २०७४ सालमा भएको प्रदेशसभा उम्मेदवार कर्ण बहादुर बुढालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै प्रदेश नम्बर १ को संयोजकमा संखुवासभाका कुल चन्द्र बराललाई तोकिएको छ ।

 

प्रदेश समितिको सम्पूर्ण अधिकार बैकल्पिक ब्यवस्था नभएसम्म प्रदेश संयोजकलाई प्रत्यायोजन गरिएको छ । प्रदेश समिति निर्माण र जिल्ला संयोजक तोक्ने अधिकार समेत प्रदेश संयोजकलाई हुनेछ ।केन्द्रीय संयोजक रवि किरण हमालले निष्ठापूर्वक नयाँ शक्ति पार्टीलाई वैचारिक तथा सांगठनिक रूपमा अगाडि बढाउने हौसला मिलोस भनी शुभकामना व्यक्त गरेका छन् ।