काठमाडौं । राष्ट्रपपित विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज एक बिज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।
गत बैशाख ३० गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति भण्डारीले संसदमा ठूलो दलको हिसावले प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो । संविधानको धारा ७६ को उपधारा (४) अनुसार यो अवस्थामा प्रधानमन्त्री ओलीले सपथ लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
तर प्रधानमन्त्री ओलीले पछिल्लो बिकसित राजनीतिक परिस्थिती बदलिएको संविधानको धारा ७६ (३) बमोजिम सरकारलाई विश्वासको मत प्राप्त हुने नदेखिएकाले नेपालको संविधान धारा ७६ को उपधारा (५) बमोजिम मन्त्रिपरिषदको बैठकबाट निर्णय भइ आएकोले २०७८ जेठ ७ गते साँझ ५ गतेसम्म नयाँ सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नु भएको हो ।
बिज्ञप्ति