दैलेख – दैलेखका किसानहरु कोरोना महामारीविचमा पनि सुरक्षा सतर्कता अपनाएर मकैं खेती गोडमेल गरिरहेका छन् । वर्षातसंगै किसानहरुले लगाएको मकैं सामाजिक दुरी र सुरक्षा सर्तकता अपनाएर मकैं गोडमेल गरेका हुन् ।
उनीहरु बाहिरबाट खेताला बोलाएपछि सुरक्षा सावधानी अपनाउने गरेको नौमुले गाउँपालिका –८ चौराठाका प्रकाश चन्दले बताए । कोरोना कहर बढेपनि सुरक्षा सावधानीका साथ खेती किसानी गर्नुपरेको चन्दले बताए । महामारीभन्दा भोकमारी टार्नका लागिका खेतीबाली गर्नुपर्ने बाध्यता किसानहरुमा रहेको उनको भनाई छ । त्यस्तै उनीहरुले भारतबाट आएकाहरुलाई स्थानीयको सम्र्पक बाहिर राखेर सुरक्षा सर्तकता अपनाईएको छ ।
क्याप्सन ः नौमुले गाउँपालिका –८ चौराठामा किसानहरु मकै गोडमेल गर्दै ।
गाउँमा कम संक्रमण होस् भनेर उच्च सर्तकताका साथ किसानहरु चनाखो भएर बसेको जनाईएको छ । हिजोआज किसानहरु आलु, मकैं, भटट् र धान लगाउन र गोडमेल गर्न ब्यस्त छन् । किसानहरु जस्तो महामारीमा पनि आफ्नो काम गर्नुपर्ने बाध्यता रहेको चौराठाकै स्थानीय अगुवा कमला चन्दले बताईन् । ‘कोरोनाको डर हुँदाहँुदै पनि खेतीबालीका लागि निस्कनुपर्ने बाध्यता रहेको छ ।’ स्थानीय अगुवा चन्दले भनिन् ः शहर बजारभन्दा गाउँमा कोरोना संक्रमण कम छ ।’
त्यस्तै गुराँस गाउँपालिकाभर अहिले वर्खे आलु गोडमेलमा किसानहरु बस्त छन् । उनीहरुले एकै सिजनमा उत्पादन गरिएको आलु विक्रि गरि करोडौं रकम गाउँमा भि¥याउँछन् । एकै किसानले एकै सिजनमा कम्तिमा १ लाखदेखी पन्ध विस लाखसम्मको आलु खेतीबाटै कमाउने गरेको गुराँस गाउँपालिका –५ का किसान गगनबहादुर भण्डारीले बताए । कोरोना कहरविच सावधानीका साथ हिजोआज दैलेख जिल्लाभर किसानहरु खेतबारीमा ब्यस्तता बढेको हो ।