☰ open Loading... 17 May 2024|  

कोरोना नियन्त्रणको लागि मेसिनरी सामग्री ल्याइयो, जनशक्ती भने अभाव
  | १२ जेष्ठ २०७८, बुधबार ०५:२२

सुर्खेत । कोरोनो नियन्त्रणका लागि कर्णाली प्रदेशमा स्वास्थ्य सम्बन्धी मेसिनरी सामग्री ल्याइए पनि जनशक्ती अभावमा सञ्चालन हुन सकेका छैनन । प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँ बजेटबाट मेसिनरी सामग्री ल्याएपनि सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या भएको हो । पाइपलाइन लगायतको काम सञ्चालन गर्ने जनशक्ती अभाव भएको छ । जाजरकोट, रुकुम पश्चिम, डोल्पा र सल्यानमा अक्सिजन पलान्टमा खरिददेखि जोड्नेसम्मका समस्या आइरहेका छन्।
प्रदेश सरकारले बजेट उपलब्ध गराएको भएपनि केही अस्पतालहरुले भने अहिलेसम्म सामग्री खरिद गर्न सकेका छैनन । भने सल्यान अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टमा भ्रष्ट्रचार भएको हुन सक्ने आशंकामा छानबिन शुरु गरिएको छ । अक्सिजन अभावकै कारण अस्पतालहरुमा संक्रमितले भर्ना पाउने अवस्था नरहेको सम्बन्धित अस्पतालहरुले बताएका छन ।

जाजरकोटमा गत वर्ष खरिद गरिएको भेन्टिलेटर सञ्चालन नभई अस्पतालको एक कोठामा थन्किएको छ । जनशक्ति अभावमा अस्पतालको भेन्टिलेटर प्रयोगमा ल्याउन नसकेको सञ्चालनमा ल्याउन नसकिएको डाक्टर अमिन शाहले बताए । त्यस्तै, डोल्पामा अक्सिजन पलान्ट आए पनि दुई हप्तादेखि थन्किएको छ । जोड्नका लागि प्राविधिक नहुँदा उक्त पलान्ट सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापनक अमर सिंह शाहीले जानकारी दिए।