☰ open Loading... 2 May 2024|  

दैलेखमा जेठ २१ गतेसम्म निषेधाज्ञा थप
  | १२ जेष्ठ २०७८, बुधबार ०७:०४

दैलेख– दैलेखमा १० दिन निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा जेठ २१ गतेसम्म लम्व्याएको हो ।
संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सघाउ पुगेको भन्दै थप गरिएको १० दिने निषेधाज्ञा जिल्लाभर लागू हुने दैलेखका प्रहरी इञ्जार्ज प्रहरी नायव उपरीक्षक डीएसपी अनुपम श्रेष्ठले बताए ।

विहान ६ बजेदेखि ८ :३० बजेसम्म अत्यावश्यक खाद्य बस्तु खरिद विक्री बाहेक अरु कामले आवागमन गर्न नपाइने गरी कडा गरिएको निषेधाज्ञा बुधवारदेखि बैंक तथा वित्तीय संस्थाहरु विहान ११ देखि दिउँसो १ बजेसम्म दुई घण्टा चल्न दिने गरी लचिलो बनाइएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रवक्ता सहायक प्रजिअ हरिप्रसाद देवकोटाले बताए ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहार मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसलहरु जनस्वास्थ्यका मापदण्ड अपनाई विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।