☰ open Loading... 28 November 2024|  

राष्ट्रपतिद्वारा चार सय ३० जनाको कैद मिनाहा
  | १५ जेष्ठ २०७८, शनिबार ०५:३६

काठमाडौं । सरकारले डिल्ली लंवा लिम्बूसहित ४ सय ३० जना कैदीबन्दीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।यही जेठ १५ गतेबाट लागू हुने गरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीहरूको कैद मिनाहाको घोषणा गरेकी हुन् ।

शुक्रबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार ४३० जना कैदीहरुको बाँकी कैद मिनाहा गरिएको उल्लेख गरिएको छ ।