☰ open Loading... 20 November 2024|  

आर्थिक वर्ष २०७८/०७९ को बजेटको पूर्णपाठ
  | १५ जेष्ठ २०७८, शनिबार २०:४४

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत आगामी आर्थिक बर्षका लागि १६ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन् ।

 

गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ ।

 

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश÷स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

 

सरकारले आगामी आवमा राजस्व संकलनको लक्ष्यमा समेत वृद्धि गरेको छ । बजेटको स्रोत राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट  ९३ अर्ब ३७ करोड, आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड संकलन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।त्यस्तै सरकारले विभिन्न बस्तुको कर र राजस्वको दायरालाई परिमार्जन गरेको छ । सरकारले अध्यादेशमार्फत आगामी आर्थिक बर्षको बजेट ल्याएको हो ।

 

बजेट वक्तव्य 2078.pdf – Google Drive