सुर्खेत,। नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलले कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ । संसदीय दलका नेता यामलाल कंडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न प्रर्याप्त समयको व्यवस्था गर्नेगरी संसद अधिवेश आह्वान गर्न ध्यानाकर्षण गराएउनुभएको हो । संविधान अनुसार असार १ गते प्रदेशसभाले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । साथै प्रदेशसभा नियमावलीको परिच्छेद १७ को नियम १३२९२० बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रीले विद्येयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका लागि सदमा प्रस्ताव गरी सोही नियमको उपदफ ४ बमोजिम विनियोजन विद्येयक प्रस्तुत हुनुभन्दा कम्तिमा १५ दिन पहिल नै समाप्त भइसक्नुपर्ने कानुनी प्राब्धान छ । तर अब बजेट ल्याउनुपर्ने १३ दिन बाँकी रहँदा पनि संसद अधिवेश आह्वान नगरेपछि एमालेले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]