काठमाडौं । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका प्रकृति श्रेष्ठले चलचित्र क्षेत्रमा आफु पनि यौन उत्पीडनको शिकार भएको बताएकी छिन् ।
सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यौन उत्पीडन भोगेको बताएकी छिन् । चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनमा आफूले यस्तो समस्या भोगेको उनको भनाई थियो ।
चलचित्र जिन्दगी रक्स, उत्सवलगायतका चलचित्रमा काम गरेकी प्रकृति अहिले अष्ट्रेलियामा छिन् । चलचित्र ‘बिहे पास’बाट पुन कमब्याक गर्दैछिन् ।
यौन उत्पीडन लगायत आफुले भोगको पीडाहरुबारे बोल्न डराउन नहुने उनको भनाई थियो । अर्का एक फ्यानले प्रकृतीलाई आमा कहिले बन्नुहुन्छ भनेर पनि सोधेका छन् । प्रकृतीले आफूलाई सही समय आयो भन्ने लागेपछि यसतर्फ सोच्ने बताउदै पहिलो बच्चा छोरी र दोश्रो बच्चा छोराको चाहना भएको पनि बताइन् ।