☰ open Loading... 15 November 2024|  

राजेन्द्र महतोले सच्याए विवादास्पद अभिव्यक्ति
  | २३ जेष्ठ २०७८, आईतवार ०६:१९

काठमाडौं- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन्। चौतर्फी आलोचना भएपछि महतोले मध्यरातमा विज्ञप्ति जारी गरि अभिव्यक्ति सच्याएका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ।’

पदभार सम्हालेलगत्तेै महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।