☰ open Loading... 16 November 2024|  

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए सपथ
  | २३ जेष्ठ २०७८, आईतवार १८:१०

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्।। आज नेपाली कांग्रेसबाट कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन्।

सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो भने  एमाले माधव नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगाइदिएका थिए।