☰ open Loading... 17 May 2024|  

राउटे बस्तीमा बाहिरका मानिसलाई प्रवेश निषेध
  | २४ जेष्ठ २०७८, सोमबार १९:१८

सुर्खेत । गुर्भाकोट नगरपालिका–११ का दुई युवतीमाथि यौन दुव्र्यवहार भएपछि प्रदेश सरकारले राउटे बस्तीमा बाहिरका मान्छेहरुलाई प्रवेशमा रोक लगाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार मान्छेहरूलाई बस्तीमा प्रवेश रोक्नका लागि करिब तीन दर्जन सुरक्षाकर्मी खटाइएको छ ।

मुख्यमन्त्री शाहीले भने, ‘अहिले त्यहाँ अन्य कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । अहिले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३४ जनाभन्दा बढी प्रहरी खटाइएको छ ।’केही दिनअघि दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो भाइरल भएपछि प्रहरीलाई राउटे बस्तीमा सुरक्षा कडा बनाउन निर्देशन दिइएको छ ।

दुई युवतीमाथि भएको घटना निन्दनीय भएको बताउँदै दोषीलाई कडा कारवाही गर्न निर्देशन दिइसकेको पनि उनले बताए ।राउटे बस्तीका युवतीलाई पूर्ण रुपमा सुरक्षाको ग्यारेन्टी गर्न त्यहाँको तीन समूहका तीनै राउटे मुखियालाई बोलाएर छलफल गरेको पनि मुख्यमन्त्री शाहीले बताएका छन् ।