| २५ जेष्ठ २०७८, मंगलवार २०:२८
कालिकोट- कालिकोट जिल्लामा पहिलो पट्क राष्ट्रिय विद्युत प्रसारण लाइन जोडिएको छ। दैलेखको दुल्लुबाट ११ केभी विद्युत् लाइन विस्तार भएसँगै कालिकोट राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो।सोमबार रातिदेखि कालिकोटमा राष्ट्रिय विद्युत् लाइन पुगेको कालिकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले बताएका छन्। कालिकोटमा सोमबार राति १० बजे मात्रै लाइन छोडिएको हो।जोशीका अनुसार तत्काललाई ११ केभीए मात्रै लाइन प्रसारण भइरहेको र एक हप्ताभित्र ३३ केभीए प्रसारण पुर्याउने तयारीका लागि ३३ केभीए विद्युत् पुर्याउन दैलेख–दुल्लु खण्डमा काम जारी रहेको बताए।