☰ open Loading... 25 January 2025|  

नेपालमा थपिए ३७ सय ४९कोरोना संक्रमित
  | २७ जेष्ठ २०७८, बिहीबार २०:३०

काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टा यता तीन हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ हजार दुई सय ३८ जनामा कोरोना परीक्षण गरिएको थियो।

त्यस्तै मन्त्रालयले कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भएको जनाएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार दुई सय ३६ जना पुगेको छ। पछिल्लो समय पाँच हजार दुई सय ९३ जना कोरोनामुक्त भएका छन्।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा काठमाडौंमा पाँच सय ४०, भक्तपुरमा ९९ र ललितपुरमा एक सय २५ गरी कुल सात सय ६४ जना कोरोना संक्रमित भेटिएको छ।