☰ open Loading... 19 November 2024|  

विद्यालयको भवन जिर्ण हुँदा पठनपाठन गर्न समस्या
  | २९ जेष्ठ २०७८, शनिबार १९:२२

दैलेख ः विद्यालयको भवन जिर्ण हुँदा पठनपाठन गर्न समस्या भएको छ ।भगवतीमाई गाउँपालिका वडा नं १ मा पर्ने महादेव प्राथमिक विद्यालय रामडाँडाको भवन जिर्ण बन्दै गएपछि विद्यार्थीहरु जिर्ण विद्यालयमा पठनपाठन गर्न बाध्य भएका छन् । ३ वर्ष यता देखि बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन जिर्ण हुँदा समयमा मर्मत हुन नसक्दा विद्यार्थीलाई जिर्ण भवनमा अध्ययन गर्न बाध्य भएको हो ।

स्थानिहरुले विद्यालयको जिर्ण अवस्था देखेपछि सामाजिक संजालहरुमाल विद्यालयको फोटो हालेर विद्यालयको अस्था जिर्ण हुदाँ सम्मेत सम्बन्धित निकाय मौन रहेको एक स्थानिएले बताए । विःसं २०४७ सालमा स्थापना भएको उक्त विद्यालय त्यस ठाउँका समुदायको लागि पहिलो पाठशालाका रुपमा स्थापित छ । कक्षा १ देखि ३ कक्षा सम्म अध्ययन हुने विद्यालय जिर्ण हुँदा विद्यार्थीहरु पढाइमा असर परेको छ ।

स्थानियको गुनासो आएपछि विद्यालयको अवस्थाबारे प्रश्न गर्दा प्रधानाध्यापक सन्त बहादुर बस्नेतले सरोकारवाला समक्ष पटक–पटक ध्यानाकषर्ण गराएपनि सम्बन्धीत निकाएले चासो नलिएको गुनासो गरेका छन् । वडा नं १ का वडा अध्यक्ष मान बहादुर बुढाले विगतमा बर्षमा विद्यालयमा कतैबाट बजेटको व्यवस्था नभएकोले संरचना जिर्ण भएको र यो अर्थिक बर्षमा विद्यालयको लागि लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।यता शिक्षा विकाश तथा समन्वय ईकाइ दैलेखका प्रमुख तेजबहादुर थापाले यस बारेमा आफुलाई केही जानकारी नभएको यस बारेमा आफुले गाँउपालिकाको शिक्षा शाखामा बुभmने बताए ।विद्यालयमा १२बिद्यार्थी अध्ययनरत छन् ।