| ३१ जेष्ठ २०७८, सोमबार ०८:४६
सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट समावेशी बनाउन माग गर्दै १९ बुँदे मागपत्र बुझाएको छ।मुख्यमन्त्री सचिवालयका अनुसार मुख्यमन्त्री शाही र नेता कँडेल नेतृत्वको टोली बीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको जनाएको छ। उक्त छलफलसँगै नेता कँडेलले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न १९ वुँदे मागपत्र पेश गरेको हुन्।
एमालले दशौं राष्ट्रिय खेलकुललाई मध्यनजर गर्दै रंगशाला निर्माणका लागि ५० करोड, लोकप्रिय जनता सडकलाई निरन्तता दिनका लागि १० करोड, सुर्खेत चक्रपथ निमार्णका लागि न्यूनतम २० करोड रकम विनियोजन गर्न माग गरेको छ।