☰ open Loading... 3 May 2024|  

दीपक पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप एक जना पक्राउ
  | ३१ जेष्ठ २०७८, सोमबार ०५:२७

कपिलवस्तु : कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता दीपक पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गरेको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर १ आनन्दबाग स्थित कैलाश टोलका पूर्ण वीर पाल्पाली उर्फ मैसिनको घरबाट कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिए ।

 

कटुवा पेस्तोल र दुई राउण्ड गोली सहित ३३ वर्षीय पूर्ण वीरलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ बस्ने माओवादी केन्द्रका जिल्ला सदस्य पाण्डेलाई जेठ ५ मा ओम प्रकाश यादव र साकिर अलि पाखिया सहितको समूहले गोली हानेर हत्या गरेको थियो । हत्यापछि साकिरले आफूले चलाएको पेस्तोल पूर्ण वीरलाई राख्न दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।