☰ open Loading... 3 May 2024|  

दैलेखमा असार १० सम्म निषेधाज्ञा थप
  | ३१ जेष्ठ २०७८, सोमबार २०:२२

यामराज बिष्ट
दैलेख । दैलेखमा १० दिन निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा रोकथाम र नियन्त्रणको लागी जिल्लामा असार १० गतेसम्म निषेधाज्ञा थपेको हो ।निषेधाज्ञा सोमवार राति १२ बजेदेखि असार १० गते राती १२ बजेसम्म १० दिन लागु हुने जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सघाउ पुगेको भन्दै थप गरिएको १० दिन निषेधाज्ञा जिल्लाभर लागू हुने दैलेखका प्रहरी इञ्जार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी)अनुपम श्रेष्ठले बताए ।

 

निषेधाज्ञाको अवधिभर एम्वुलेन्स,दमकल,शवबाहन,सरकारी सवारीसाधनहरु,निलो प्लेटका सवारीसाधनहरु,निर्माण सामग्री बोक्ने सवारीसाधनहरु र अत्यावश्यक दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनहरु संचालन गर्न पाइने छ।

यस्तै जनस्वास्थ्यका मापदण्ड पुरा गरी खाद्यान्न,पानी,फलफूल, तरकारी,एग्रोभेट सेवा,ग्याँसका पसलहरु बिहान ६ बजेदेखि दिउसो साढे १२ बजेसम्म संचालन गर्न पाईने बताईएको छ । बैंक तथा बित्तिय संस्थाहरु बिहान १०बजे देखि दिउँसो २ बजे सम्म सेवा संचालन गर्न पाइने छ।

 

यस्तै सुर्खेतमा पनि असार १० सम्म निषेधाज्ञा थप

सुर्खेतमा थप निषेधाज्ञा जारी भएको छ । । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी को सोमबार बसेको बैठकले केही खुकुलो बनाएर असार १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘जिल्लामा संक्रमणको स्थिति अझै जटिल छ । संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम देखिन्छ, आजको डीसीएमसीको बैठकले असार १० गतेसम्मका निषेधाज्ञा थप्ने निर्णय गरेको छ,’ प्रजिअ रिजालले भने ।यस्तै खाद्यान्न लगायतका अत्यावश्यक वस्तुका पसल बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्नेछन् ।

निर्माण सामग्रीका पसल पनि दैनिक ६ बजे देखि ११ बजे सम्म सञ्चालन हुनेछन् ।औषधी तथा स्वास्थ्य सामग्री भने चौबीसै घण्टा उपलब्ध हुनेछ ।