☰ open Loading... 3 May 2024|  

थापाको सांसद पद खारेज
  | १ असार २०७८, मंगलवार ०५:१३

पोखरा -राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सदस्य कृष्ण थापाको पद खारेज भएको छ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद थापालाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको हो । अदालतको आदेशसँगै थापा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका छन् ।

 

सोमबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई यसअघि सर्वोच्चले दिएको अन्तरिक आदेश खारेज गरेको हो । पार्टीको निर्णय विपरित कार्य गरेको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई पार्टी सदस्यबाट एक वर्षका लागि निलम्बन गर्दै सांसद पद खारेज गरेको थियो ।
पार्टीको निर्णयविरुद्ध थापाले जेठ २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।