☰ open Loading... 18 May 2024|  

हात्तीको आक्रमणबाट एकको मृत्यु
  | ३ असार २०७८, बिहीबार ०५:१४

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ ।च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो ।

मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बासँगढी नगररपालिकाका प्रमुख शालीकराम सापकोटासहितको टोली घटनास्थल जाने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।