☰ open Loading... 18 May 2024|  

अनेरास्ववियुको ब्यानर राखी बाढी पीडितलाई राहत दिन खोज्दा मेलम्चीमा झडप (भिडियो)
  | ३ असार २०७८, बिहीबार २०:२१

सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा विवाद भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि झ’डप भएको हो ।

पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झ’डप भएको लोप्सन लामाले बताएका छन् । स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।

मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले ह’स्त’क्षेप गरेको छ ।

अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्टर फलबहादुर तामाङले रातोपाटीलाई जानकारी दिए ।

अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच ध’केला ध’केल भएको हो । अहिले परिस्थिति सामान्य बनेको तामाङले जानकारी दिए ।  गत मंगलबार मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारमा दर्जन बढी घर डुबानमा परेपछि प्रभावितहरु इन्द्रेश्वरी माविमा आश्रय लिएर बसेका छन् । रातोपाटीबाट