☰ open Loading... 16 November 2024|  

आठबीसका सय घरधुरीलाई सारियो सुरक्षित स्थानमा
  | ६ असार २०७८, आईतवार ०५:३७

दैलेख -लगातारको वर्षाका कारण पहिरोको जोखिममा रहेका दैलेखको आठबीस नगरपालिका– ९, छेपाडी गाउँका ४० र कर्णाली नदी आसपासमा ६० घरधुरिका करीब दुई सय ५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यहाँका भिरालो बस्तीमा माथिबाट जुन सुकैबेला पहाडको पहिरो झर्न सक्ने र पहिरोले बस्ती नै पुरिनसक्ने देखिएपछि ती परिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।नगरपालिका र प्रहरीको सक्रियतामा जोखिम रहेका बस्तीमा बसोबास गर्ने त्यहाँका परिवारहरु अब जोखिममुक्त भएका छन् ।