| ६ असार २०७८, आईतवार २०:३४
सल्यान- पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग एक हप्ता पछि खुलेको छ। दाङ – सल्यान सडकखण्ड अन्तरगत कपुरकोट गाउँपालिका ३ दसरेलगायत स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो। राजमार्ग शनिबार साँझबाट सुचारु भएको हो।
असार १ गतेदेखि अवरुद्ध बनेको सडक शनिबार साँझबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दसरे आसपासमा ठूलो ढुंगासँगै पहिरो गएको थियो। सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक राम प्रसाद श्रेष्ठले जानकारी दिए।
सडक अवरुद्ध हुँदा धेरै मालवाहक गाडी बीच बाटोमै अलपत्र परेका थिए। पहिराले बाटोमा रोकिएका चार वटा गाडीमा समेत पहिरोले क्षति पुर्याएको थियो। सडक अवरुद्ध हुँदा दाङ, सल्यान, रुकुम पश्चिम, रुकुमपूर्व र रोल्पासम्मको यातायात अवरुद्ध भएको थियो।