☰ open Loading... 18 November 2024|  

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
  | ९ असार २०७८, बुधबार २०:४९

 

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

 

 

काठमाडौं : नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २र२ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

अब पेट्रोल १२७ रुपैयाँ प्रति लिटर, डिजेल ११० रुपैयाँ प्रति लिटर, हवाइ इन्धन आन्तरिक उडानतर्फ ८२ रुपैयाँ प्रती लिटर तथा हवाइ इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ ७३५ अमेरिकी डलर प्रति लिटर कायम भएको छ ।