☰ open Loading... 5 February 2025|  

निगालो बाँसका समाग्री संकटमा
  | १३ असार २०७८, आईतवार ०८:१४

दैलेख ः पछिल्लो समय निगालो, बाँसका सामग्रीको व्यापार खस्किँदै गएको छ। विगत १८ बर्ष यता देखि नारायण नगरपालिका वडा नं –१ मा बाँस निगालो उधोग सञ्चालन गर्दै आएका लक्ष्मण खड्गीले सामग्रीको व्यापार घटेको बताए ।

मुडा ,डोको,नाम्लो, मन्दिर ,डाला, स्याकु, पाथि, ऐना राख्ने फ्रेम लगायत १५ प्रकार का सामग्रीहरु उत्पादन गर्दै आएका खड्कीले बाँसका सामग्रीको उत्पादन बिक्री घटेको उनको भनाइ छ।

यस्तै दक्ष जनशक्ति र यन्त्र उपकरण अभावले गर्दा समय र श्रम बढी लाग्ने तर तयार गरिएको वस्तु सस्तोमा बिक्री गर्नु पर्ने बाध्यता रहेको छ । बस्तु उत्पादन लाई प्रविधिमैत्रि बनाउन सरकार र संसस्थाको सहयोग भए आफुले गर्दै आएको ब्यबसाय जोगिने आशा रहेको नारायण नगरपालिका वडा नं –४ सिराडिकि राजु कुमारी सुनारले बताईन।

उचित बजार व्यवस्थापनको अभावमा निगालो र बाँसका सामग्रीले बजार पाउन सकेका छैनन्, सरकारी तथा गैरसरकारी संघसंस्थाहरू बजार प्रवद्र्धन गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ।