☰ open Loading... 5 February 2025|  

वडा कार्यालयमा तालाबन्दी
  | १५ असार २०७८, मंगलवार ०५:५५

जुम्ला -योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै जुम्लाको हिमा गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।नेपाली कांग्रेसको वडा कमिटीले योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हो।

वडाले आर्थिक वर्ष २०७४ देखि २०७७र२०७८ सम्म सम्पन्न भए गरेका योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा ताला लगाएको गरेको विज्ञप्तिमा उल्लेख छ।उक्त विज्ञप्तिमा ठूला साना गरी २६ वटा योजनाहरुको नाम उल्लेख गरिएको छ। यसका बारेमा वडा कार्यालयले तत्काल पहल चाल्न स्थानीयले माग गरेका छन्। उपराज अधिकारीको नेतृत्वमा तालाबन्दी गरिएको हो।यता हिमा गाउँपालिका–६ का वडा अध्यक्ष बलबहादुर रावतले भने, कोरोनाका महामारीले कतिपय योजनाहरुको काम नभएको र भएका योजनाको काम सम्पन्न नभएकाले सार्वजनिक सुनाई हुन नसकेको बताए।