☰ open Loading... 18 May 2024|  

भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु
  | १५ असार २०७८, मंगलवार ०६:०६

दैलेख । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएका दैलेख, प्युठान र दाङका ३ जना सङ्क्रमितको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार असार १३ गते भेरी अस्पतालमा भर्ना भएका झिमरुक ३ प्युठानका ३८ वर्षीय पुरुष, असार ४ गते भेरी अस्पताल भर्ना भएका घोराही ११ दाङका ६८ वर्षीय पुरुष र असार १० गते भेरी मै भर्ना भएका दैलेखका ७३ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या ३६१ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज ओलीले बताए।