| २१ असार २०७८, सोमबार ०६:२२
दैलेख- आठबिस नगरपालिकाले एकल पुरुषहरुको लागि विदुर भत्ता दिने भएको छ ।नगरपालिकाबाट उपलब्ध गराएको बजेटबाट साउन महिनादेखि लागु हुनेगरी एकल पूरुषहरुको लागि विदुर भत्ता दिन लागेको हो ।यो कार्यक्रम नगरसभाबाट समेत पारित भइसकेको छ ।आफ्नो नीति कार्यक्रम मार्फत नगरपालिकाले एकल पुरुषको लागि भत्ताको व्यवस्था गर्ने उल्लेख गरेको छ । श्रीमती नभएका पूरुषहरुले बालबालिका संरक्षणमा चासो नदिइएको पाइएपछि भत्ताको व्यवस्था गर्न लागिएको नगर प्रमुख खड्गराज उपाध्यायले बताए ।
भत्ता लिने एकल पूरुषले आफ्ना छोराछोरीको संरक्षण र पढाईमा खर्च गर्नुपर्नेगरी कार्यविधि पनि बनाइने जनाइएको छ । नगरपालिका प्रमुख उपाध्यायले भने बाल श्रम, बाल यौन दुव्र्यहार लगायतका समस्या समाधानमा यो कार्यक्रमले सहयोग पुग्ने जानकारी दिए ।