☰ open Loading... 27 November 2024|  

तनाव व्यवस्थापन गर्न तालिम
  | २२ असार २०७८, मंगलवार ०५:२४

 

सुर्खेत-सुर्खेतका तीन स्थानीय तहले स्वास्थ्यकर्मीलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम प्रदान गरेका छन् । कोभिड–१९ को अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स लगायत ३१ जना स्वास्थ्यकर्मीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

सामाजिक विकास मन्त्रालयको आयोजना र मनोविद यभन श्रेष्ठ र तुलसीप्रसाद राईको सहजीकरणमा सुर्खेतको पन्चपुरी नगरपालिका, चौकुने र बराहताल गाउँपालिकाले बाबियाचौरमा प्राथमिक मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको हो।

त्यस्तै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलको अध्यक्षता र पन्चपुरी नगरपालिकाका उप–प्रमुख मोतिदेवी रेग्मीको प्रमुख आतिथ्यतामा संचालन भएको थियो ।

प्रदान गरिएको तालिममा कार्यक्रममा प्राथमिक मनोवैज्ञानिक सहयोग, संचार सीपहरु, शोक वा क्षतिको मनोभावनात्मक पीडा र तनाव व्यवस्थापन एवं आफ्नो हेरचाह गरी चार वटा सत्रहरू रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्माण गरिएको तालिम प्याकेजमा आधारित रहेर यस भन्दा अघि यो तालिम दैलेखको डुङ्गेश्वर गापामा संचालन गरिएको थियो । भने यहीँ असार २३ र २४ मा सल्यानको वनगाड कुपिण्डे नगरपालिकमा संचालन गर्ने कार्यक्रम रहेको छ ।

यस कार्यक्रमको संयोजन सामाजिक विकास मन्त्रालयका अधिकृत खगेन्द्र प्रकाश गैह्रेले गरिरहेका छन् । साथै तालिम प्रदान प्रश्चाप स्वास्थ्यकर्मीको र समुदायको मानसिक स्वास्थ्य प्रर्वधनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।