☰ open Loading... 25 November 2024|  

कर्णालीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता
  | २९ असार २०७८, मंगलवार ०५:४८

सुर्खेत- कर्णाली प्रदेश सरकारले रु तीन करोड २७ लाख जोखिम भत्ता निकासा दिएको छ ।कोभिड–१९ महामारीको जोखिममा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई कर्णाली प्रदेश सरकारले ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको हो । सामाजिक विकास मन्त्रालयले १० वटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शवबाहन र एम्बुलेन्स चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको जनाएको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीका अनुसार प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालकका लागि ३८ लाख ६१ हजार १५२ रुपैयाँ निकासा दिएको छ । प्रदेश आयुर्वेद औषधालयलाई ५ लाख ३३ हजार ९५०, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतलाई २६ लाख २० हजार २००, मेहलकुना अस्पताललाई ८ लाख ९३ हजार २४, स्वास्थ्य सेवा कार्यालय सल्यानलाई ३५ लाख, स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई २३ लाख ५५ हजार २९०, स्वास्थ्य सेवा कार्यालय मुगुलाई ३१ लाख १९ हजार ११६, स्वास्थ्य सेवा कार्यालय दैलेखलाई ५३ लाख ३८ १८०, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई १७ लाख आठ हजार ७७५, स्वास्थ्य सेवा कार्यालय हुम्लालाई ३५ लाख ७ हजार ३०० र स्वास्थ्य सेवा कार्यालय डोल्पालाई १५ लाख चार हजार ६८० रुपैयाँ निकासा दिइएको छ ।