☰ open Loading... 5 May 2024|  

कर्णालीका दुई सय ४० जना किसानले लिए सहुलियत व्याजदरमा ऋण, अनुदान पाउन के के गर्नुपर्छ ?
  | २९ असार २०७८, मंगलवार ०६:००

सुर्खेत- कर्णाली प्रदेश सरकारलले सुरु गरेको कृषि ऋणमा व्याज अनुदान कार्यक्रममार्फत दुई सय ४० जना कृषकले ऋण लिएका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ बाट सुरु गरेको यो कार्यक्रम मार्फत अहिलेसम्म दुई सय ४० जनाले ऋण लिएका हुन । प्रदेशको भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका अनूसार व्यावसायिक कृषि र पशुपालन र जडिबुटी उत्पादन गर्ने किसानहरुले यो ऋण पाउने व्यवस्था कार्यक्रममा गरिएको छ । किसानलाई ऋण उपलब्ध गराउनको लागि सरकारले राष्ट्रिय वाणिज्य बैंक, कृषी विकास बैंक, नेपाल बैंक र कुषी सहकारी संस्थासँग सम्झौता गरेको थियो । किसानले आफ्नो व्यवसाय प्रवर्धन गर्न उक्त बैंक र सहकारी संस्थाहरुबाट सहुलियत ऋण लिन पाउने र त्यसको व्याज प्रदेश सरकारले तिरिदिने गरेका मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले बताए ।
मन्त्रालयले अढाई अर्ब रुपैयाँ ऋण लगानी गर्दा व्याज तिर्न पुग्नेगरी चालु आर्थिक वर्षमा ७ करोड रुपैयाँ विनियोजन गरेको थियो । आगामि आर्थिक वर्ष २०७८÷७९ का लागि पनि ५ करोड रकम प्रस्ताव गरेको छ । यता कृषकहरुले भने वास्तविक किसानसम्म यो कार्यक्रमको पहुँच नपुगेको र उनिहरुले ऋण नपाएको गुनासो गरेका छन् ।