☰ open Loading... 18 May 2024|  

नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न
  | १ श्रावण २०७८, शुक्रबार ०८:३८

बाँके – बाँकेको नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । । समाज सेवा संस्था नेपाल केन्द्रीय कार्यालय कोहलपुर, माइती नेपाल नेपालगन्ज, माइती युवा सञ्जाल, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ५४ जनाले रक्तदान गरेका हुन् ।

 

उक्त कार्यक्रमको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले गरेका थिए । आयोजक संस्था समाज सेवा संस्था नेपाल, कोहलपुरका अध्यक्ष विनोद थापाका अनुसार कुल ५४ जनाले रक्तदान गरेका छन् । ती मध्ये ४६ जना पुरुष र ८ जना महिला रहेको उनले बताए ।

 

रक्तदान कार्यक्रममा समाज सेवा संस्था नेपाल केन्द्रीय कार्यालय कोहलपुरका अध्यक्ष बिनोद थापा, माइती युवा सञ्जालका अध्यक्ष मेघबहादुर खत्री, अनुप योगी, भूपेन्द्र रोकाया, प्रकाश विक, गणेश खडका, खुम लाल, पूजा खत्री, तिलक घिमिरे, कुल बहादुर बिक, गौरव सवेदी, जयराम केसी, प्रकाश कुमार केसी, श्याम कुमार मगर, नारायण गिरी, सर्मिला थापामगर, तिलबहादुर राना, सुरेन्द्र बुढाथोकी, रामचन्द्र रैदास, प्रकाश गिरी, खिमबहादुर डाँगी, कृष्ण अधिकारी, सुरज पौडेल, जितबहादुर चौधरी, हेमन्त कुमार चौधरी, लच्छुराम, अमरबहादुर थारु, गणेश कुमार चौधरी, चन्द्र प्रकाश काँदु, गणेश राई, बालकृष्ण केसी, बल नेपाली, करनबहादुर मल्ल, बिपिन घर्तीमगर, सुशान्त सुवेदी, मेघबहादुर खत्री, सुरेश चौधरी, लोकेन्द्रराज शाही, रमिता चौधरी, मनी बुढा, रोशनी रोकामगर, भरत सिंह, रमिता चन्दा ठाकुरी, शंकर खत्री,अभिशेष चौधरी, बासुदेव ओली, गंगा शाही, जगदीश थारु, लक्ष्मी शाही, निर्मल साहू, शंकर चन्द ठकुरी, जागेश्वरी चौधरी, आयुश न्यौपाने, अमृता केसी लगायत महिला पुरुष गरी ५४ जनाले रक्तदान गरेका थिए ।

 

कार्यक्रममा बिशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी र अन्य सामाजिक संघसंस्थाका अगुवाहरुमा समाज सेवा संस्था नेपाल केन्द्रीय कार्यालय कोहलपुरका अध्यक्ष बिनोद थापा, माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला, माइती युवा सञ्जालका अध्यक्ष मेघबहादुर खत्री, नेतृत्वका अध्यक्ष सुरेन्द्र चलाउने, माइती नेपालका पुष्पा सुनार, भिष्म प्रसाद लोध लगायतको सहभागिता रहेको थियो ।