| १ श्रावण २०७८, शुक्रबार १८:५२
दैलेख- दैलेखको भगवतीमाई गाउँपालिकामा भीरबाट खसेर एक किशोरीको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका–४ की १७ बर्षीया टिका बिसीको ज्यान गएको छ भने १५ बर्षीपा रोशनी थापा घाइते भएकी छिन् ।बिहीबार गोठालो गएको बेला भीरबाट झण्डै ३ सय मिटर तल खसेर दुवै जना घाइते भएको थिए ।
घाइते भएको दुई जना मध्ये टिका बिसीको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा निधन भएको दैलेखले प्रहरीले जानकारी दिएको ट । यस्तै घाइते रोशनी थापालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।