☰ open Loading... 30 April 2024|  

सर्वोच्च अदालतले संविधान संशोधन गरेको एमालेको आरोप
  | २ श्रावण २०७८, शनिबार ०५:१५

सर्वोच्च अदालतले संविधान संशोधन गरेको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतले संविधान संशोधन गरेको आरोप लगाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनपछि पहिलोपटक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलाबाट संविधान अप्रत्यक्ष रुपमा संशोधन भएको प्रस्ताव पारित गरेको छ ।

दलीय व्यवस्थामा एक दलबाट निर्वाचित सांसद्ले अर्को दलको प्रधानमन्त्रीमा मतदान गर्न पाइन्छ भन्ने फैसला गरेर अदालले संविधान संशोधन गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यस्तो निर्णयले दलीय प्रणालीको आधारभूत प्रस्थापनामाथिकै प्रहार भएको जनाइएको छ । उहाँले एउटै दलका सांसद्हरु सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना लोकतान्त्रिक प्रणाीले नगर्ने समेत बताउनुभयो ।

सर्वोच्च अदालत राजनीतिक विषयमा प्रवेश गर्दै अत्यधिक न्यायिक सक्रियता अनपेक्षित भएको बताउँदै ज्ञवालीले सन्दर्भ नै नउठेका, मागदाबी नै नभएका र संविधानले परिकल्पना नगरेका विषयमा समेत राजनीतिक फैसला गरेर अदालतले आफ्नै निष्पक्षता, पवित्रता र स्वच्छतामा ह्रास ल्याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्