☰ open Loading... 18 May 2024|  

बाँकेमा आजदेखि लक्षित समूहलाई भेरोसेल खोप दिइने
  | ३ श्रावण २०७८, आईतवार ०५:२२

कोहलपुर । बाँकेमा आजदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ ।

बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए ।

स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइने जनाएको छ ।