दिनेश खड्का’खप्तडी’ मलेसिया ।गैर आवासिय नेपाली संघ मलेसियाको २०२१ देखि २०२३ सम्मको अध्यक्षमा विनोद वहादुर थापा निर्विरोध भएका छन । यसैगरी महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा,नारायण अधिकार र कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध भएका छन ।
उनीहरु सवैजना सहमतीमै निर्विरोध भएका हुन । यसैगरी सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध भएका छन ।
आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा मात्र सहमतिको प्रयास हुन वाकि रहेको छ ।
सहमतिको लागि प्रयास भैरहेको र सहमतिको लागि छलफल चलिरहेको छ । आज सम्म मलेसियामा एनआरएनको कहिल्यै पनि चुनाव भएको छैन ।
मलेसिया एनआरएनले निर्विरोध भएको पत्र केन्द्रमा पठाएपछि मात्र यसले वैधानिकता पाउने छ ।
मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै हो ।
थापाको काधमा अव सवैएनआरएनहरुलाई मिलाएर लैजानु ,एनआरएनलाई मजदुर मुखि वनाउनु,नेपाली दुतावास संग सम्वन्वय गर्दे नेपाली मजदुरका मुद्धालाई उठाउनुका साथै नेपालका लगानीको वातावरण मिलाउनु सम्मको चुनौतीहरु समेत थपिएको छ ।