☰ open Loading... 6 November 2025|  

हेलिकप्टरबाट सुत्केरीको उद्धार
  | ८ श्रावण २०७८, शुक्रबार १९:२०

सल्यान -सल्यानमा सुत्केरीको फोक्सोमा समस्या आएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ।महोत्तरी सोनाम गाउँपालिका–१ घर भई सल्यान शारदा नगरपालिका–२ बस्ने २१ वर्षीया अर्चना यादवको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको हो।

शल्यक्रियाबाट बच्चा जन्माएको दुई दिनपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको सल्यान जिल्ला अस्पतालका डा। भीमकान्त जैसीले जानकारी दिए।